कञ्चनपुरका जनप्रतिनिधिद्धारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुरका जनप्रतिनिधिद्धारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिको टोलीले बाढी प्रभावित क्षेत्रमा जोखिम न्युनिकरणका लागि प्रयासकोे अवलोकन गरेको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर २, ३, ११ र १२ मा नदीको कटान रोकथामका लागि रेडक्रसले गरेको जैविक तटबन्ध तथा बगर संरक्षणका प्रयासहरुको नगर प्रमुख दिल बहादुर ऐर लगायतको टोलीले अवलोकन गरेको हो ।

समुदायले गरेको कामको प्रशंसा गर्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले थोरै लगानीमा समुदाय मार्फत जैविक तटबन्ध निर्माणले बगरको संरक्षणसँगै समुदायलाई जीविकोपार्जनका लागि पनि सहयोग पुग्ने गरेको बताउनुभयो ।

नगरपालिकाले आगामी दिनमा नगरका बाढी प्रभावित सबै वडाहरुमा जैविक तटबन्ध निर्माणको कामलाई अगाडी बढाउने उहाँले जानकारी दिनुभयो । अहिले रेडक्रसले बाढी प्रभावित क्षेत्रमा विपद् व्यस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणसँगै समुदायलाई बगरबाटै जीविकोर्पाजनका लागि सहयोग गर्दै आएको मध्ये ५ सय बिघा बगरमा उखु खेती गरिएको छ भने ८ विघामा केरा खेती गरिएको छ ।