भारतका विभिन्न जेलमा ६१२ नेपाली कैदी रहेको तथ्यांक सार्वजनिकः विदेशी कैदीको सूचिमा नेपाल दोस्रो स्थानमा

भारतका विभिन्न जेलमा ६१२ नेपाली कैदी रहेको तथ्यांक सार्वजनिकः विदेशी कैदीको सूचिमा नेपाल दोस्रो स्थानमा

धनगढी । भारतका विभिन्न जेलमा ६१२ नेपालीले कैदी जीवन बिताइरहेका छन् । भारतीय राष्ट्रिय अपराध तथ्यांक शाखा (नेशनल क्राइम रेकर्डस् ब्यूरो–एनसीआरबी)ले जारी गरेको एक तथ्यांकले यो संख्या सार्वजानिक गरेको हो ।

भारतमा हाल रहेको १ हजार ४१२ जेलमा रहेका कुल ६ हजार ३७० विदेशी कैदीको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा बंगलादेश छ । जेलमा ३ हजार ७७० कैदी बंगलादेशका नागरिक रहेका छन् ।

एनसीआरबीले प्रकाशित गरेको ‘प्रिजन स्टाटिक्स२०१६’ वार्षिक प्रतिवेदनमा भारतका १ हजार ४१२ जेलमा कुल ६हजार ३७० विदेशी कैदी रहेकामध्ये ६१२ नेपाली रहेको उल्लेख छ । तीमध्ये दोषी प्रमाणित भएका २११ र मुद्दा विचाराधीन रहेका ४०१ नेपाली रहेका छन् । दोषी र विचाराधीन कैदी क्रमशः ८.९ र १२.३ प्रतिशत रहेको छ । कुल कैदीको ९.६ प्रतिशत नेपाली रहेका छन् ।

एनसीआरबीले नागरिकताको आधारमा फरेन नेशनल क्याटोगरीअन्तर्गत यो तथ्यांक संकलन गरेको हो । जेलको संख्या प्रकार, कैदी संख्या, जेल क्षमता, क्षमताभन्दा बढीको भार, दोषी प्रमाणित, विचाराधीन, नजरबन्द, मृत्यु भएका कैदी, विदेशी नागरिक लगायतका शीर्षकमा अध्ययनपछि यो तथ्यांक सार्वजानिक गरेको हो ।