नाम्सको सुदूरपश्चिम अधिबेशन आउदो शुक्रबार, नयाँ कार्यसमिती चयन हुने

नाम्सको सुदूरपश्चिम अधिबेशन आउदो शुक्रबार, नयाँ कार्यसमिती चयन हुने

धनगढी । नेपाल बजार बिक्रि प्रतिनिधी संघको सुदूरपश्चिम प्रदेश स्तरिय समितीको पहिलो अधिबेशन धनगढीमा हुने भएको छ । यहि भदौ २७ गते शुक्रवार आयोजना हुने अधिबेशनले नयाँ कार्यसमिती पनि चयन गर्ने भएको हो ।

नेपालका विभिन्न कम्पनि तथा उद्योगहरुका बजार प्रतिनिधीका रुपमा कार्यरतहरुको छाता संगठनका रुपमा रहेका् संघको सुदूरपश्चिम प्रदेशको पहिलो अधिबेशन आयोजना हुन लागेको छ ।

आगामी अध्यक्षका लागी बर्तमान अध्यक्ष डम्मर ठकुल्ला, बरिष्ठ उपाध्यक्ष जनक ढकाल लगायतको चर्चा रहेको छ । 
प्रदेश नं अन्तर्गतका ९ जिल्लाका विभिन्न ईकाईहरुबाट प्रतिनिधिहरु अबिधेसन तथा साधारण सहभागी हुने बताईएको छ ।
अबिधेसनका लागि नाम्सका केन्द्रिय पदाधिकारीहरु, पर्यवेक्षक,पार्षदहरु आउने क्रम शुरु भएको छ ।
देशै भरी रहेका बजार प्रतिनिधिहरुको साझा संगठनको रुपमा स्थापित नाम्सको गत जेठमा बुटवलमा केन्द्रिय अबिधेसन सम्पन्न भएको थियो ।
नेपाली अर्थतन्त्र संग प्रत्यक्ष जोडिएको बजार प्रतिनिधि संघको प्रादेशीक अबिधेसनलाई अर्थपुर्णरुपमा हेरीएको छ ।

नाम्समा आबद्ध व्यक्तिहरुले स्वदेशी तथा बिदेशी उत्पादनको नेपालमा बजारीकरण गरीरहेका छन् ।


“उद्योग व्यवसायको रक्षा गरौं, रोजगारीको सृजना गरौं, सम्पुर्ण बजार प्रतिनिधीहरु एक हाऔं” भन्ने मूल नाराका साथ नाम्स देशै भरीका ७७ वटै जिल्लाहरुका बजार प्रतिनिधिहरु लाई समेटेर विभिन्न सामाजिक क्रियाशिलताका कार्य गरिरहेको छ ।