मोटर साइकल चोरी गरी भाग्दै गरेका ३ जना पक्राउ

मोटर साइकल चोरी गरी भाग्दै गरेका ३ जना पक्राउ

कैलालीमा मोटरसाइकल चोरेर भाग्दै गरेका ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर – १ का त्रेस रसाइलीले घरको आगमनमा राखेको से ३ प ७९७२ नम्बरको मोटर साइकल चोरी भएको सूचनाका आधारमा ३ जनालाई नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रवक्ता दक्ष कुमार बस्नेतले बताए ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर – ९ का वर्ष २० को स्यानु भन्ने उमेश धामी, सोही वडाका वर्ष १९ का विशेष योगी र कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर – २ बस्ने वर्ष २० का केशव राना रहेको बस्नेतले बताए ।

प्रहरी टोली देख्ना साथ चोरी गरेको से ३ प ७९७२ नम्बरको मोटर साइकल सडक छेउमा छोडी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरी मोटर साइकल बरामद गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए । चोरी शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कैलालीमा धारिलो हतियार देखाई एक घरमा चोरी गरी भागिरहेका एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । गएराती धनगढी उपमहानगरपालिका वडा नम्बर – ८ स्थित चयन चौधरीको घरमा चोरी गरी फरार सोही ठाउँका १९ बषीया करन राना पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ ।

उनले घर धनी चयन चौधरीलाई चक्कु प्रहार गरी घाइते बनाई फरार भएका थिए । प्रहरीले उनको साथबाट २ थान मोबाइल, १६ हजार नगद घर धनीलाई प्रहार गरेको चक्कु बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।