प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ् यीबीच बालुवाटारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय हित प्रवद्र्धनका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भेटघाट केही बेरअघिबाट शुरू भएको हो । सोमबारै नेपाल र चीनबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न भयो । होटल याक एण्ड यतिमा भएको सो बैठकपछि तीन बुँदे समझदारी पनि भएको छ ।