मंगलसेन नगरपालिका–७ को भैसले खोलामा डुबेर शनिबार २ बालकको ज्यान गएको छ । अछाम जिल्ला प्रहरीका अनुसार ज्यान गुमाउनेमा ११ वर्षीय ललित वादी र १२ वर्षीय बालक युकेश दमाई रहेका छन् ।
शनिबार गाउँका ५र६ जना बालकरबालिका बिहान बाख्रा चराउन गोठालो गएका बेला दुई जना बालक खोलामा डुबेको डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । ती दुई बालकको शव पोस्टमर्टमको लागि जिल्ला अस्पताल मंगलसेन र्पुयाइएको छ ।