धनगढी फुटसल लिग : सेन्चुरी, नविल, एनआईसि र कैलाश वैंक सेमिफाईनलमा

धनगढी फुटसल लिग : सेन्चुरी, नविल, एनआईसि र कैलाश वैंक सेमिफाईनलमा

धनगढी फुटसल लिग अन्तर्गत शनिबार भएका क्वाटरफाईनलका खेलपछि  सेमिफाईनल समिकरण पुरा भएको छ। भदौ ६ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत लिग चरणका २४ खेल सम्पन्न भएपछि शनिबार चार वटा क्वाटरफाईनलका खेल सकिएपछि सेमिफाईनल समीकरण पुरा भएको हो।

शनिबारका खेलमा जित हात पार्दै सेन्चुरी बैंक, नविल, एनआईसि एसिया र कैलाश विकास वैंक सेमिफाईनलमा प्रवेश गरेका छन्। शनिबार भएको पहिलो क्वाटरफाईनलमा सेन्चुरी वैंकले बैंक अफ काठमाडौंलाई १३–२ को फराकिलो अन्तरले हरायो। सेन्चुरीका लागि तपराज जोशीले दोहोरो ह्याट्रिक सहित ७ गोल गरे।

पदम कठायत, क्षितिज सिंह र शिवराज पाठकले २÷२ गोल थपे। वैंक अफ काठमाडौंका लागि महेश जोशीले दुई गोल फर्किए।  शनिबार नै भएको दोस्रो क्वाटरफाईनलमा नविल वैंकले नवजीवजको–अपरेटिभ्समाथि रोमाञ्चक जित हात पारेको छ। निर्धारित समयमा दुई टीमले १÷१ को बराबरी खेलेपछि समय थप गरिएको थियो।

थप गरिएको समयको पहिलो हाफमा एक गोल गर्दै नवजीवजले अग्रता कायम ग¥यो। तर दोस्रो हाफको थपिएको ५ मिनेटमा ४ गोल गर्दै नविल वैंकले ५–२ को जितहासिल गरेको छ। न्विलका लागि विरेन्द्र चन्द र विवेश विष्टले दुई÷दुई गोल गर्दा केशव चौधरीले एक गोल थपे। नवजीवनका लागि जीतवहादुर थापाले दुई गोल फर्काए। यस्तै आजै भएको खेलमा कैलाली बिकास बैंकले सिद्धार्थ बैंकलाई १८–२ ले हराउँदै सेमीफाईनलमा स्थान सुरक्षित बनाएको हो।

चौथो तथा अन्तिम क्वाटरफाईनलमा एनआईसी एसिया विजयी भएको छ। एनआईसीले कुमारी वैंकलाई ९–५ ले हराएको हो। एनआईसिका लागि महेश शाही र दिपक विष्टले ह्याट्रिक सहित चार÷चार गोल गरे भने युवराजकुँवरले एक गोल थपे। कुमारीका लागि किशोरराज भट्टले एक्लै पाँचगोल गरे पनि आफ्नो टीमलाई जिताउन सकेनन्। 

गत भदौ ६ गतेदेखि सुरु भएको नेपालआईस धनगढी फुटसल लिगको भदौ २७ गते शुक्रबार सेमिफाईनल र भदौ २८ गते शनिबार फाईनल खेल हुनेछ। अबहुने पहिलो सेमिफाईनलमा सेन्चुरी बैंक र नविल वैंक तथा कैलाश विकास वैंक र एनआईसी एसिया भिड्नेछन्।

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा जारी प्रतियोगिताको विजेताले ट्रफी सहित नगद ५० हजार पाउनेछ। उपविजेताले ट्रफी सहित नगद २५ पाउनेछ। फ्ल्याटल्याण्ड  फुटसलको आयोजना र नेपाल खेलकुद खेलकुद पत्रकार मञ्च कैलालीको सहआयोजनामा भदौ ६ गतेदेखि नेपालआईस धनगढी फुटसल लिग आयोजना भईरहेको छ।