घुससहित पक्राउ परेका वडाअध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका वडाअध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा

एक लाख ६० हजार घुससहित पक्राउ परेका महोत्तरीको भंगाहा नगरपालिका ८ का वडाअध्क्ष मो. रफिक मिया र वडासदस्य कारी साहु तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुले धर्मपुर सडक नाला तथा पीसीसी ढलानको काम सकिएको सिफारिस गरिदिएवापत घुस लिएका अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध १ लाख ६० हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ । उक्त घुस असुल गराउन वडासदस्य कारी साहु तेली जमानी जिम्मा बसी छोरा मुकेश साहलाई पठाएका थिए ।

अख्तियारले वडासदस्य कारीका छोरा मुकेशलाई पनि १ लाख ६० हजार विगो राखी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड घ बमोजिम सजाय गर्न माग गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।