८३ वर्षीया वृद्धाले खोलिन् डेटिङ एपमा एकाउन्ट, ५० वर्ष कान्छो युवकसँग गर्दैछिन् डेट

८३ वर्षीया वृद्धाले खोलिन् डेटिङ एपमा एकाउन्ट, ५० वर्ष कान्छो युवकसँग गर्दैछिन् डेट

८३ वर्षीया एक महिला जवान पुरुषको खोजीमा लामो समयदेखि लागिपरेकी थिइन् । जवान पुरुष खोज्ने क्रममा उनले डेटिङ एपमा आफ्नो अकाउन्ट खालेर चलाउन थालिन् । एप चलाउन थालेको केही समयपछि उनले खोजेजस्तै पुरुष पनि पाइन् ।

न्यू वर्क बस्ने ती वृद्ध महिलाका २ नातिनातिनी छन् । हैटी नाम गरेकी ति महिलाले मिडियामा बताए अनुसार उनले एकपटक १९ वर्षका युवकसँग पनि डेट गरिसकेकी छन् । उनले भनिन्, 'मलाई उक्त युवकको उमेर थाहा भएको भए कहिल्यै डेट गर्ने थिइनँ । २ बच्चाकी हजुर आमा हैटी यो उमेरमा पनि उर्जावान् छिन् ।'

उनी ८३ वर्षको उमेरमा पनि आफूलाई फिट राख्नको लागि एक्सरसाइज गर्छिन् । हैटीले आफ्साँग डेट गर्ने पुरुषहरूको लिस्ट बनाएर राखेकी छन् । अंग्रजी वेबसाइट मेट्रोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले भनिन्, 'म कसैलाई पहिला म्यासेज पठाउँदिनँ, जसलाई म मन पराउँछु त्यसैले मलाई म्यासेज पठाउँछ । उनीहरूले मलाई आफैं कल गरेर मन पर्‍यो भन्छन् र मात्र म कुराकानी गर्छु ।'

 

उनले आफूलाई पुरुषहरूले धेरै रुचाउने गरेको बताइन् । तर आफूलाई अब परमानेन्ट पार्टनर चाहिएको बताइन् । ८३ वर्षीया वृद्ध हाइटी अहिले ३३ वर्षीय शान नाम गरेका युवकसँग डेट गरिरहेकी छन् । हानभन्दा हैटी ५० वर्षले जेठी छिन् ।

उनको उमेरका वृद्धहरू जुनबेला निराश र बिरामी भएर थला पर्छन् त्यो बेला उनी आफूलाई उर्जा र रोमाञ्चले भरेर राख्छिन् । कुनै समयकी डान्सर हैटीसँग आजसम्म जसले भेटेका छन्, उनीहरू एकपटक हाँसेरै फर्किएका छन् ।'