सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

 नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ७२ हजार रहेको छ । बिहिबार प्रतितोला ७३ हजार ४ सय रहेको थियो ।यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सयमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भएको उतार चढावले गर्दा नेपाली बजारमा पनि असर देखिएको छ । अर्कोतिर अमेरिकी डलरसँगको विनियम दरले गर्दा पनि मूल्यमा घटबढ देखिएको छ ।