बझाङमा बिर्सती मेलाको रौनक

बझाङमा बिर्सती मेलाको रौनक

जिल्लाको दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको बिच थली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको रौनक छाएको छ । 

आजदेखि दुबै गाउँपालिकाको आस्थासंग जोडिएको बिर्सती मेला सुरु भएपछि काम विशेषले बाहिरीएकाहरु पनि घर फर्किएका छन्। मेलामा बिभिन्न प्रतियोगिताहरु सञ्चालन समेत भईरहेका छन्। भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, डेउडा प्रतियोगिताको समेत आयोजना गरिएको हो। नौबिसको दुर्गादेबी मन्दिरमा धुमधामका रुपमा पुजाआजा हुने गर्दछ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको सो मन्दिरमा पुजाआजा गर्न बझाङ, बैतडी र डोटीदेखिका भक्तजनहरु पुग्ने गरेका छन्। परापूर्वकालमा नै देबि दुर्गा र सुर्मा देबी अलग हुँदा मन्दिर नजीकै रहेको ठूलो पाँगरको रुख सुर्मा देबिले च्यातेर लिएको आश्चार्यजनक दृष्य अहिले पनि देखिन्छ।

यसका साथै मन्दिर वरपर जमिनमा राक्षसहरुले हातले माटो कोरेको अग्गा अग्ला थुम्का र खोचहरु अहिले पनि प्रष्ट देखिन्छन्। बझाङ जिल्लामा लाग्ने बिभिन्न मेला चाडपर्ब मध्ये नौबिसको बिर्शती मेला  जिल्लाकै प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मेला मध्येको एक हो।

जिल्लाको मोरी बगर बाट हिडेर चार घण्टामा पुगिने बिर्शती मेलाको जात्रा लाग्ने स्थानमा पछिल्लो समयमा भने यातायातका साधन पुगेपछि थप सहज बनेको छ।

बिर्सती मेलामा  खाली खुट्टा जानु पर्छ भने मन्दिर रहेको बिर्सतीका ठुलो खेती गर्ने जमिन स्थानिय भाषामा जिउलोमा एकै दिन विउ राख्ने र रोपाई गरिन्छ।कार्तिकमा पनि एकै पटक धान काटिने प्रचलन अहिले पनि कायमै छ। अहिले पनि जिउलामा खाली खुट्टा जानु पर्ने धार्मिक बिश्वास रहेको छ।