धनगढी बाट सुनका गहना र चार थान पेस्तोलसहित तिनजना पक्राउ

धनगढी बाट सुनका गहना र चार थान पेस्तोलसहित तिनजना पक्राउ

धनगढी। केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) टोलीले धनगढी उपमहानगरपालिका—३ चटकपुरबाट चार थान पेस्तोल सहित तीनजनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट सुनका गहनाहरु समेत बरामद भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सहित जिल्ला प्रहरी कार्यालयको टोलीले केहिबेर अघि चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो ।

अर्काको घरमा कोठा भाडामा लिएर बसिरहेका तीनै जनाका बारेमा जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले पेस्तोल सहित तीन जना पक्राउ गरेको जनाउनु भएको छ ।

यद्दपि घट्नाको बिस्तृत जानकारी भने पत्रकार सम्मेलन मार्फत बिहीवार बाहिर ल्याउने एसपी गिरीले बताउनुभयो  ।
सिआईवीको टोलीले ढोका फोरेर पेस्तोल, सुन बरामद गरेको स्रोतले जनाएको छ ।  घट्नाका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।