जिउमा ट्याटू खोपाउने मानिसहरू सोचविचार नगरी निर्णय लिने पाराका हुने अध्ययनको दाबी

जिउमा ट्याटू खोपाउने मानिसहरू सोचविचार नगरी निर्णय लिने पाराका हुने अध्ययनको दाबी

गर्वका साथ शरीरमा ट्याटू खोपाउने मानिसहरू सोचविचार नगरिकन हतारमा काम गर्ने खालका हुने एक नयाँ अध्ययनले देखाएको छ । 

यस्ता हतारमा गरिएका निर्णयका प्रभावका बारेमा उनीहरू अनभिज्ञ रहने पनि पाइएको छ । अध्ययन अर्थशास्त्रीहरूले गरेका हुन् र यसमा एक हजारभन्दा बढी सहभागी थिए । 

 

अनुसन्धानमा सहभागी ट्याटू नखोपाएका ७८१ जना, खोपाएका २५५ जना थिए अनि तीमध्ये पनि ६८ जनाले लुगा लगाउँदा पनि देखिने ठाउँमा ट्याटू खोपाएका थिए ।क्यानडाको मकमास्टर विश्वविद्यालयका अर्थशास्त्रीहरूले मानिसलाई सोधे, आफ्नो पहिचानमा देखिने दाग कोही किन प्रदर्शन गर्न चाहन्छ ?

पहिलापहिला समाजका खराब पात्रले मात्र जिउमा ट्याटू खोपाउँथे भन्ने अध्येताहरूले लेखे । अपराधी अनि सर्कसमा काम गर्ने विचित्रका मानिसले मात्र ट्याटू खोप्थे । म अर्थशास्त्री हुँ । आर्थिक दृष्टिकोणले हेर्दा ट्याटू खोपाउने निर्णय आश्चर्यलाग्दो छ,’ ब्राड्ली रफलले बताए । 

‘ट्याटूमार्फत आफ्नो कुरा राख्ने हो । तर कपाल रंगाउने वा टीशर्टमा के के लेख्न लगाउने गरे भइहाल्छ नि ।’