युट्युव हिरोः को हुन अशोक दर्जी ?

युट्युव हिरोः को हुन अशोक दर्जी ?

काठमाडौं । छोटो समयमा चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । केही महिना अघिसम्म झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, यतिबेला भने देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी उनमा छ ।

विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका अर्थात भाइरल बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले । केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।

सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भए । डिजे रुपेशका साथ काठमाडौँ आएर टंक बुढाथोकीसँग गीत रेर्कड गराए । मन विनाको धन ठूलो कि धन विनाको मन…..।

गीत बजारमा आएपछि त भनै चर्चामा आए अशोक । उनका लागि सहयोगी हातहरु जताजतैबाट अघि सरे । अव पुन ः स्कुल जान थालेका छन् । संगीतसँगै पढाईलाई पनि अघि बढाउँदै छन् । उर्लाबारी–७ को बेथेल एजुकेशन एकाडेमीले उनलाई १० कक्षासम्म पढाउने भएको छ । अशोक दर्जी अहिले आफ्नो मलेसिया र दुबईको कार्यक्रम सकाएर नेपाल फर्केका छन् । गायक तथा संगीतकार टंक बुढाथोकीसँग मलेसिया र दुबई गएका अशोकले कार्यक्रममा नाचे, गाए र आफ्नोे सुरिलो स्वरमा हजारौ दर्शकलाई नचाए पनि । एकपछि अर्को गीतहरु सुनाएर उपस्थित दर्शक, स्रोताको मन जित्न सफल भए ।

अशोक आफ्नो अनौठो प्रतिभा विदेशमा प्रर्दशन गरेर यतिबेला नेपाल फर्केका छन् । अव पुन : अन्य देशहरुको भम्रणमा पनि उनी चाँडै निस्कदै छन् । तर त्यो भन्दा पहिला सांगितिक कार्यक्रमबाट उठेको पौसाले जग्गा किनेर यतिबेला घर बनाउँदै छन् । यस काममा उनलाई गायक तथा संगीतकार टक बुढाथोकी र डिजे रुपेशले साथ दिइरहेका छन् । अशोकको सबै जिम्मा लिएका छन् उनीहरुले ।

अहिले अशोकका हरेक क्रियाकलापहरुमा सबैको प्रत्यक्ष निगरानी छ र अशोकसम्बन्धि भएका प्रचारबाजीलाई टंक भने सकारात्मक मान्छन् । सडकमा गाउँदै हिड्ने ९वर्षे दर्जी अहिले स्टुडियो र स्टेजमा गाउन सक्ने भइसकेका छन् । उनको स्वर भरिएका अधिकांश गीत अनि इन्र्टभ्युहरुका भिडियोहरु पनि ट्रेन्डिङमा छन् ।