सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तोकिएको बजार मूल्यभन्दा आइतबार सुन ४ सय रुपैयाँले सस्तिएको हो।

आइतबार चाँदी पनि ५ रुपैयाँले सस्तो भएको छ। आइतबार चाँदी तोलाको ८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।