साफ यू १५ फाइनल नेपालको लज्जास्पद हार

साफ यू १५ फाइनल नेपालको लज्जास्पद हार

साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । शनिबार भारतको कल्याणी रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । सिद्धार्थले ह्याट्रिक गर्दै भारतीलाई सानदार जित दिलाएका थिए ।

भारतका लागि सिद्धार्थबाहेक महोसन सिंह, अमन दिप, शिवाजित सिंह र हिमांश जाग्राले १–१ गोल गरेका थिए । सिद्धार्थले दोस्रो हाफमा २८ मिनेट भित्र ह्याट्रिक पूरा गरिसकेका थिए । खेलेका ५२औं मिनेटमा पहिलो गोल गरेका सिद्धार्थले अर्को गोल ७६औं मिनेटमा गरे । ८०औं मिनेटमा ह्याट्रिक

गरेका थिए । महोसनले १५औं मिनेटमा गोल गर्दैै भारतलाई अघि बढाएका थिए । अमनले ४१औं मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजितले गोल थपे । दोस्रो हाफमा सिद्धार्थबाहेक हिमांशले ६५ औं मिनेटमा गोल गरे ।

भारतसँगै ५–० ले पराजित हुँदै नेपालले च्याम्पियनसिपको सुरुवात गरेको थियो । कमजोर सुरुवात गरेको नेपाली युवा टोली त्यसपछि लयमा फर्केको थियो । श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भयो ।

दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै अन्तिम दुईको यात्रा  तय ग¥यो ।