"मिस फारवेष्ट" को दोस्रो सिजन शुरु, आज बाट फाराम वितरण

"मिस फारवेष्ट" को दोस्रो सिजन शुरु, आज बाट फाराम वितरण

धनगढी : रोयल कोलाबोरेटिभ प्रा.ली धनगढीको आयोजनामा मिस फारवेष्ट नेपाल दास्रो संस्करण धनगढीमा हुने भएको छ ।

पहिलो संस्करण सफलताका साथ सम्पन्न गरिसकेको यस प्रा.ली ले यो बर्ष दोस्रो संस्करणको आयोजना गरेको हो ।

यस बर्ष सुदुरपश्चिम प्रदेशका प्रतिभावान युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

यस प्रतियोगिताले युवतीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने तथा क्षमता अभिवृद्धि र व्यक्तित्व बिकास गर्ने उद्धेश्य लिइएको आयोजक सस्थाका मिडिया संयोजक देबेन्द्र जोशीले बताउनुभयो ।

साथै सुदुरपश्चिलाई राज्यले सधै पिछडिएको क्षेत्रका रुपले हेर्ने र यस क्षेत्रका महिला लाई पनि सोही अनुसारले हेर्ने मानसिकतालाई दुरुत्साहन गर्ने बिश्वास आयोजकले लिएको छ ।

यस प्रतियोगितामा प्रतियोगीहरु अडिसनको माध्यम बाट छनोट हुने छन । अडिसन धनगढी, टिकापुर र महेन्द्रनगर हुने छ ।

यस प्रतियोगितामा प्रथम हुनेले स्कुटर पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २५ हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । साथै बिभिन्न बिधामा  उत्कृष्ट हुने दश जनालाई उपाधी संगै गिफ्टह्याम्पर पनि प्रदान गरिने छ ।

प्रतियोगितामा नेपाली नागरिक,कक्षा १० पास गरेको र १६ देखि २५ बर्ष ननाघेकोले भाग लिन पाउने छन । यस प्रतियोगितामा सहभागी हुनेहरुका लागि आयोजकले आज बाट नै आवेदन फारम खुल्ला गरेको छ ।