भारतीय क्रिकेटर रायडूको सन्यास फिर्ता

भारतीय क्रिकेटर रायडूको सन्यास फिर्ता

भारतीय क्रिकेटर अम्बाती रायडू फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने भएका छन् । इंग्ल्याण्ड विश्वकपको टिममा नपरेपछि असन्तुष्ट हुँदै सबै फरम्याटबाट सन्यासको घोषणा गरेका थिए । 

आफ्नो सन्यास फिर्ता लिँदै मैदान फर्कनका लागि हैदरावाद क्रिकेट एशोसिएसनलाई इमेल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रायडूले इमेलेमा आफू फेरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न तयार रहेको बताइएको छ ।

उनले सन्यास घोषणा गर्न अलि हतार गरेको भन्दै हैदराबादको टिममा सामेल हुनका लागि सेप्टेम्बर १० तारिखदेखि उपलब्ध हुने पनि बताएका छन् ।

हैदरावादका छनोट समिति अध्यक्ष नोएल डेविडले रायडूलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताएका छन् । रायडूले यसअघि भारतीय टिमका लागि ५५ एक दिवसीय क्रिकेट खेल्दा १ हजार ६ सय ९४ रन बनाएका छन् । 

उनले ३ शतक र १० अर्धशतक पनि जोडेका छन् । यस्तै, ६ वटा टी २० मा उनले ४२ रन बनाएका थिए ।