विश्वकप फुटबल छनाेटका लागि नेपाली टिमकाे घाेषणा, काे-काे परे ?

विश्वकप फुटबल छनाेटका लागि नेपाली टिमकाे घाेषणा, काे-काे परे ?

फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।

प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको टिममा मलेसियामा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको छ । नेपालले कुवेतविरुद्ध सेप्टेम्बर पाँच र चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर १० तारिखमा खेल्ने छ ।

यस पटक पनि नियमति कप्तान विराज महर्जन टिममा परेका छैनन् । उनी मलेसियाको लिग च्याम्पियन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि परेका थिएनन् ।

यसैगरी विमल राना र एलेन न्यौपाने पनि टिममा परेका छैनन् । रानालाई रोहित चन्द र न्यौपानेलाई किरण चेम्जोङले रिप्लेस गरेका हुन् । भरत खवास पनि यस पटक टिममा छैनन् । हाल नेपाली सेनाको तालिमका लागि थाइल्याण्डमा रहेका खवासले कुवेत र चाइनीज ताइपेइ विरूद्दको खेल गुमाउने जनाइएको छ । बाँकी खेलमा उनी उपलब्ध हुने सम्भावना रहेको छ ।

मलेसियाबाट फर्किएपछि नेपाली टिमले आज बिहान प्रशिक्षण समेत गरेको थियो । कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार जानेछ । टिममा २३ खेलाडी, सात अफिसियल र अरु ६ जना पदाधिकारी रहेका छन् ।

नेपाली खेलाडीको सूची यस प्रकार छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल ।

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द ।

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल र नबयुग श्रेष्ठ ।