पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

धनगढी खबर    

पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

२०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ । यस्तै पद्मश्री साधना सम्मानबाट इतिहासविद् डाक्टर महेशराज पन्तलाई सम्मान गर्ने निर्णय भएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो । 

दुई–दुई लाख रुपैयाँ राशीका पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिनेछ । आफैले भेटेर छुटेका केही पात्र र उनीहरुको मनोवृत्ति कलात्मक रुपले पस्केको ठहर गर्दैै निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका आधारमा ‘छुटेका अनुहार’ कृतिलाई पद्मश्री साहित्य पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली भाषा, संस्कृति र इतिहासका अन्वेषक डाक्टर पन्तका ६ वटा पुस्तक प्रकाशित छन् । उहाँले २०२१ सालदेखि इतिहास प्रधान पत्रिका पूर्णिमा पनि प्रकाशन गरिरहनुभएको छ ।



मङ्गलबार १०, भदौ २०७६ ०२:५८ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस