राजधानीमा तीज तथा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

राजधानीमा तीज तथा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

राजधानीमा १२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६ सुरु भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर ( डिइसिसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यो वर्ष अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा अगाडि बढाइएको हो । 

इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि हुँदै आएको तीज मेलाको यो १२ औं संस्करण अने ।

मेलामा सयभन्दा बढी कम्पनी तथा संघसंस्थाहरुको सहभागिता रहेको छ भने ५० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने बताइएको छ । स्टलमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश लगाएतका स्टल समेत रहेका छन् ।