"सुनको मूल्य अझै बढ्न सक्छ"

"सुनको मूल्य अझै बढ्न सक्छ"

काठमाडौं– ११ वर्षमा सुन प्रतितोला ३ हजार १ सय ५० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार २०६५ मा सुन प्रतितोला २२ हजार रुपैयाँमा कारोबार भएको र २०७६ को साउनको अन्तिम बिहीबारसँग तुलना गर्दा तोलामा ३ हजार १ सय ५० प्रतिशत वृद्धि भएको हो ।

महासंघको तथ्यांकअनुसार ११ वर्षमा बिहीबार साढे ६ गुणाले बढेर सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । बिहीबार मात्रै प्रतितोला सुन १ हजार २ सय बढेर ७१ हजार ५ सय रुपैयाँमा पुगेको हो । बुधबार सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मेन्द्र बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य बढेपछि त्यसको असर नेपालमा परेको बताए ।

अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा तेलको मूल्यमा भएको थपघटले लगानी कर्ता सुनमा आर्कषित हुँदा मूल्य अकासिएको बज्राचायको भनाइ छ । बज्राचायका अनुसार सुनको मूल्य ७५ हजार रुपैयाँसम्म पुग्न सक्छ ।