शालिकराम पुडासैनी मृत्यु प्रकरणमा थुनामा रहेका रवि लामिछानेको समर्थनमा चितवन जिल्ला प्रहरी कार्यालयअगाडि आइतबार साँझ भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ।
लामिछानेको समर्थनमा जम्मा भएको भिडलाई तितरबितर गर्न केहीबेरअघि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो।
रवि लामिछानेसहित तीनजना अभियुक्तहरुबिरुद्ध सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेको थियो। यद्यपि आइतबार अस्मिता कार्कीको मात्र बयान सकिएको छ भने रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार हुनेछ।