फेसबुकमा प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा कैलालीको लम्कीबाट विद्यार्थी पक्राउ

फेसबुकमा प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा कैलालीको लम्कीबाट विद्यार्थी पक्राउ

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् गाली गरेको आरोपमा कैलालीको लम्कीबाट एक विद्यार्थी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीले नेविसंघमा आवद्ध २६ वर्षीय हृदय उपाध्यायलाई आइतबार पक्राउ गरेको हो । 

अपराध महाशाखा टेकुले साईबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा उपाध्यायलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक ओमप्रकाश बटालाले जानकारी दिए । “अपराध महाशाखाले दिएको निर्देशन बमोजिम नियन्त्रणमा लिइएको हो । प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ,” बटालाले भने ।  

उपाध्यायको फेसबुक वालमा सरकाविरुद्धका थुप्रै टिप्पणीहरु देखिन्छन् । उनले केही दिनअघि ‘केपी ओलीको मिर्गाैलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’ शीर्षकमा प्रकाशित एक अनलाइनको समाचार सेयर गरेका थिए ।