पहिराले एकको मृत्यु

पहिराले एकको मृत्यु

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत् आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज बिहान माथिबाट आएको पहिरोले त्यहाँस्थित बेस क्याम्पमा सुतिरहेका बर्दिया जिल्ला बहराइया गाउँपालिका–१ निवासी अन्दाजी ३२ वर्षीय अनिल विकको घटनास्थलमा मृत्यु भएको हो ।

अन्य सात जना भने भाग्न सफल भएकाले सामान्य घाइते मात्र भएका प्रहरीले जनाएको छ । छत्तीस मेगावाट क्षमताको उक्त आयोजना शिवश्री हाइड्रोपावरद्वारा निर्माण भइरहेको छ ।