बर्खास्त ३ जना सञ्चारकर्मीलाई पुनर्वहाली गर्नुपर्ने माग गर्दै प्रेस युनियन द्धारा प्रशासन कार्यालय सुखडलाई ज्ञापनपत्र

बर्खास्त ३ जना सञ्चारकर्मीलाई पुनर्वहाली गर्नुपर्ने माग गर्दै प्रेस युनियन द्धारा प्रशासन कार्यालय सुखडलाई ज्ञापनपत्र

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मी लाई बिना कारण सेवा बाट हटाएको भन्दै प्रेस युनियन लम्की शाखाले ईलाका प्रशासन कार्यालय सुखड लाई ज्ञापन पत्र बुझाएको छ ।

सञ्चारकर्मी लाई जागिर बाट बर्खास्त गरे पछि पुनर्वहाली गर्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन अन्तर्गत ईलाका प्रशासन कार्यालय सुखडका प्रमुख धन प्रसाद जोशी मार्फत सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा लाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश प्रशारण केन्द्रमा १० बर्ष देखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ बर्ष देखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ बर्ष देखि उद्घोषक पदमा कार्यरत चक्र कुँवर लाई विना कारण सेवाबाट बर्खास्त गरिएको छ ।

यसको विरोधमा प्रेस युनियन लम्की शाखाले आईतबार ईलाका प्रशासन कार्यालय सुखडमा ज्ञापन पत्र बुझाएको छ ।