श्रद्धाको पारिश्रमिक सात करोड

श्रद्धाको पारिश्रमिक सात करोड

अभिनेत्री श्रद्धा कपुर र प्रभासको फिल्म ‘साहो’ आगामी साता रिलिज हुँदैछ। रिलिज हुनुअगावै यस फिल्ममा श्रद्धा कपुरले लिएको पारि श्रमिकबारेको समाचारले निकै चर्चा पाएको छ।श्रद्धाले फिल्म ‘साहो’का लागि सात करोड पारि श्रमिक लिएको चर्चाले बलिउडमा तरंग उत्पन्न भएको छ।

 फिल्म निर्माताहरूले भने यसलाई केवल अफवाह मात्रै भएको बताएका छन्। यसका निर्माताहरूले सुरुमा अभिनेत्री कैटरिना कैफलाई फिल्ममा खेल्न अफर गरेका थिए। तर तिनले पाँच करोड माग्दा दिन नसकिने भनेर पन्छिएका थिए।

बढी पारि श्रमिकको हल्लाबारे केहीले यसलाई फिल्म प्रचारको एक माध्यम भएको धारणा राखेका छन्। श्रद्धाले फिल्म ‘साहो’का लागि सात करोड होइन, तीन करोड पाएको बताइएको छ।

स्मरण रहोस्, केही समयपहिले जैकलिन फर्नान्डिजले फिल्म ‘ब्याड ब्वाय’को एउटै गीतका लागि दुई करोड पारि श्रमिक लिएको समाचार चर्चामा थियो।