"बिकासमा युवाको नेतृत्व र सक्रियता बढाउन फाउन्डेसन" : अध्यक्ष शाह

"बिकासमा युवाको  नेतृत्व र सक्रियता बढाउन फाउन्डेसन" : अध्यक्ष शाह

सुदुरपश्चिम प्रदेशमा सामाजिक कार्यमा युवा सहभागीता र नेतृत्वदायी भुमिकामा ल्याउने उदेश्यका साथ सामाजिक गतिविधि बढाउने उद्देश्यले सुदूरपश्चिम फाउन्डेशन नाम संस्थाको स्थापना गरिएको छ।
सामाजिक गतिविधिमा सक्रिय युवा भरत शाहको अध्यक्षतामा कार्य समिति बनाउँदै फाउन्डेसन गठन गरिएको हो। यस प्रदेशको समग्र क्षेत्रमा युवाको भुमिका र प्रतिनिधित्वका हिसाबमा सहभागिता गराइ बिकासमा हातेमालो गरिने अध्यक्ष शाहले बताउनु भयो । 
शाहको अध्यक्षतामा ११ सदस्यीय समिति बनाईएको छ। युवाहरुलाई स्वरोजगार बनाउन तथा प्रदेशको सामाजिक, आर्थिक, औद्योगिक क्षेत्रमा लाग्न प्रेरित गर्न खालका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शाहले जानकारी दिनुभयो ।