यू–१८ साफ च्याम्पियनसिप फुटबलको तालिका सार्वजनिक : समूह 'ए' मा नेपालसँगै माल्दिभ्स र भुटान

यू–१८ साफ च्याम्पियनसिप फुटबलको तालिका सार्वजनिक : समूह 'ए' मा नेपालसँगै माल्दिभ्स र भुटान

नेपालमा आउँदो सेप्टेम्बर महिनामा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । 

एपीएफ मैदान हलचोकमा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्ने छ । ६ टिमको सहभागिता रहेको यस प्रतियोगिताको समूह 'ए' मा नेपाल र माल्दिभ्ससँगै भुटान पनि रहेको छ। 

समूह 'बी' मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा २२ तारिखमा भुटानसँग खेल्ने छ । दुई समूहबाट शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।