५ करोड मूल्य बराबरको कोकिनसहित आइभेरीकोस्टका नागरिक विमानस्थलमा समातिए

५ करोड मूल्य बराबरको कोकिनसहित आइभेरीकोस्टका नागरिक विमानस्थलमा समातिए

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा आइभेरीकोस्टका मार्सेल गुली छन्। ३५ वर्षीय गुलीलाई ब्युरोको टोलीले बुधबार ५ बजे पक्राउ गरेको हो।उनले सुटकेस ब्यागमा १ किलो ६ सय  ग्राम कोकिनसहित पक्राउ गरेको हो।उक्त कोकिनको बजार मूल्य ४ करोड ८० रहेको प्रहरीले जनाएको छ।

 

उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए।पक्राउ गरेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए।