४५ लिटर रक्तचन्दनको तेलसहित ३ जना पक्राउ

४५ लिटर रक्तचन्दनको तेलसहित ३ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेलसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका–५ घर भएका ४३ वर्षीय जितबहादुर लामा, धादिङ धुनिबेँशी नगरपालिका–३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय सुजन पौडेल छन्।

उक्त स्थानमा अवैध रुपमा रक्तचन्दनको तेल कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जितबहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।