विद्या बालन आफूलाई किन मान्दिनन् धार्मिक ?

विद्या बालन आफूलाई किन मान्दिनन् धार्मिक ?

बलिउडकी चर्चित अभिनेत्री विद्या बालनलाई धर्म र विज्ञानबीच टकराव भइरहँदा पनि सँगसँगै रहन सक्ने बताएकी छिन् । 

भारतीय समाचार एजेन्सी पिटिआईलाई दिएको एक अन्तर्वार्तामा उनले एकजना व्यक्तिको पहिचान फरक फरक हुनसक्ने पनि बताएकी छिन् । तर, उनले धर्मलाई मानिसहरुले तोडमोड गरेर हेरिरहेकाले समस्या भएको बताउँछिन् । 

‘मलाई लाग्छ, जसरी मानिसहरु आफू अनुकूल धर्मको व्याख्या गरिरहेका छन्, त्यसले समस्या भइरहेको छ,’ उनले भनेकी छिन्, ‘मैले धेरै जना भेटेको छु, जो आफूलाई धार्मिक हुोइन भनिरहेका हुन्छन् । म पनि तीमध्ये एक हुँ । मलाई आफू धार्मिक हुँ भन्न मन लाग्दैन । म सधैं आफूलाई अध्यात्मिक हुँ भनिरहेको हुन्छु ।’

‘धर्म एक नकारात्मक विषयका रुपमा हेरिएको छ,’ उनले भनेकी छिन्, ‘किनकि धार्मिक हुनुलाई असहिष्णु मानिन थालिएको छ ।’

फिल्म मंगल मिसनमा विद्या बालन तारा सिन्देको भूमिकामा छिन् । त्यहाँ उनको भूमिका विज्ञानमा विश्वास गर्ने तर विज्ञानसँगसँगै भगवानको शक्तिको पनि विश्वास गर्ने भूमिका रहेको छ ।’

यो फिल्म १५ अगस्टमा रिलिज भएको थियो । फिल्ममा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हालगायतले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मले भारतले मंगल ग्रहमा पठाएको एक ग्रहको कथा भन्छ ।