धनगढी जेसिजको जेसिज सप्ताह २०१८ सुभारम्भ

धनगढी जेसिजको जेसिज सप्ताह २०१८ सुभारम्भ

धनगढी : समुदायमा बिभिन्न जनचेतनात्मक तथा सेवामुलक कार्यक्रम गर्ने उद्देशयका साथ धनगढी जेसिजले जेसिज सप्ताह २०१८ को सुभारम्भ गरेको छ । शनिवारदेखी शुरु भएको सप्ताह कार्यक्रम एक सातासम्म चल्ने आयोजकले जनाएको छ । 

सप्ताह कार्यक्रमको शुभारम्भ धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले शनिवार एक कार्यक्रमकाविच उद्घाटन गर्नुभएको छ । 

सप्ताह कार्यक्रमको शुभारम्भमा मेयर वडसंग उपमहानगरको बिकासका बारेमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सप्ताह उद्घाटन समारोहको संयोजक ईन्जिनियर रोशन भट्टलाई तोकिएको थियो । 

सो क्रममा मेयर वडले उपमहानगरको बिकासका लागी सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । युवाहरुको नेतृत्व बिकासका लागी उपमहानगरपालिका सबैको साथमा रहने उहाले प्रतिवद्धता समेत जनाउनुभयो । 

लगातार ७ दिनसम्म चल्ने कार्यक्रममा अनाथ आश्रमलाई सहयोग, रक्तदान, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम रहेको धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रमका संयोजक श्याम पाठकले बताउनुभयो । 

समाजमा व्याक्तित्व बिकासका साथै नेतृत्व बिकास गर्नका लागी सप्ताह ब्यापी कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाले दावी गर्नुभयो । 

यस कार्यक्रमले युवाहरुको नेतृत्व बिकास तथा खेलकुद क्षेत्रको बिकासमा समेत टेवा पुग्ने उहाले बताउनुभयो ।