पारस शाहले गरे क्षमायाचना, भन्छन्– मेरो ठाउँमा जुनसुकै नेपाली बाबु भए पनि त्यसै गर्थ्यो

धनगढी खबर    

पारस शाहले गरे क्षमायाचना, भन्छन्– मेरो ठाउँमा जुनसुकै नेपाली बाबु भए पनि त्यसै गर्थ्यो

पूर्वयुवराज पारस शाहले गएको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाप्रति क्षमायाचना गरेका छन् । उनले गएराति करिब १ बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत् क्षमायाचना गरेका हुन् ।

आफूले  गरेको काम जनता समक्ष भन्नु जरुरी रहेको उल्लेख गर्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गरेका छन् ।

त्यसका लागि सम्बद्ध पक्षसँग  ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भएपनि त्यसै गर्ने समेत जनाएका छन् । उनले बाँकी कुरा नेपाली जनतालाई नै निर्णयका लागि आफूले छोड्ने समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

आइतबार उनले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताइएकै बेलामा पारसले मध्यरातमा सामाजिक सञ्जाल मार्फत् क्षमायाचना गरेका हुन् ।

पारस निकट रहेका शिवसेना नेपाल काठमाडौंका अध्यक्ष अनिल बस्नेतले पनि पारश शाहले फेसबुकमार्फत विमानस्थलमा भएको घटना विवरण सार्वजनिक गरेको बताए ।



मङ्गलबार ०३, भदौ २०७६ ०७:२३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस