प्रधानमन्त्रीका आकांक्षीतर्फ संकेत गर्दै ओलीले भने- निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन

प्रधानमन्त्रीका आकांक्षीतर्फ संकेत गर्दै ओलीले भने- निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे निर्वाचनपछि आफू पदमा नरहने बताएका छन्। संघीय संसद्‌को प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले पद जाने कुरामा आफूमा डर नभएको भन्दै काँपेको दिवास्वप्न नदेख्न सजग गराए।

उनले भने, ‘एकजनाले भनेको सुनें- प्रधानमन्त्री लगलग काँपिरहेका छन्, पद जाने भयो भनेर। मैले पद नगएको दुनियाँमा कोही देखेको छैन। राजामहाराजा, सम्राट, बादशाह, जननिर्वाचित प्रतिनिधि सबैको पद कुनै न कुनै दिन।'

आगामी निर्वाचनपछि आफूलाई पदमा बस्नु नरहेको स्पष्ट पारे। उनले प्रधानमन्त्री पदका आकांक्षीहरुतर्फ संकेत गर्दै भने, ‘निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु।'

प्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले निर्वाचन गरी सुम्पिएको जिम्मेवारीबाट अहिलेको सरकार नभाग्ने बताए। उनले सरकार डराएको दिवास्वप्न कसैलाई नदेख्नसमेत चेतावनी लिए।

सरकार चुनौतीको पृष्ठभूमिबाट आएको बताउँदै ओलीले भने, ‘कुन शक्तिका कुरा गर्छन् मान्छेहरु, त्यसैलाई जिउँदै हुँदा ठेगान लगाएको हो। अहिले चिहानमा गएको हड्डी फर्काउने परिकल्पना गरेर उफ्रिएको देखिन्छ। बेमौसमका बाजा नबजाऊँ। नपत्याएर सरकारले नटेरेहको हो। पत्याएको दिन संविधान र गणतन्त्रको रक्षका लागि मैदानमा उत्रिन्छ।’सरकारको सम्पूर्ण प्रयास विकास निर्माणमा भएको पनि उनले बताए।