शिल्पाले अस्वीकार गरिन् १० करोडको अफर

शिल्पाले अस्वीकार गरिन् १० करोडको अफर

बलिउड अभिनेत्री शिल्पा शेट्टीको उनको फिटनेसका लागि चर्चामा आइरहन्छिन्। उनी खानपानमा निक्कै नै ध्यान पुर्‍याउँछिन्।

उनी आफ्नो मात्र होइन, उनका प्रशंसकहरूको स्वास्थ्यलाई लिएर उत्तिकै सचेत छिन्। जसका कारण शिल्पा उनीहरूका लागि हानिकारक कुराहरूको प्रचार गर्दिनन्।

यहि कुरालाई ध्यानमा राख्दै हालै उनले १० करोड भारूको एउटा विज्ञापन प्रस्ताव लत्याएकी छिन्। उनले एक आयुर्वेदिक स्लिमिङ पिलको विज्ञापन गर्न अस्वीकार गरेकी हुन्।सो पिलको विज्ञापनका लागि उनलाई १० करोड भारूको पारिश्रमिक प्रस्ताव भएको थियो।

'म केहि त्यस्तो बेच्न चाहन्न जसमाथि मलाई विश्वास छैन। स्लिम पिल र फेड डाइट आकर्षक हुन्छन् किनकी तिनले तुरून्त असर गर्ने दाबी गर्छन्। तर एउटा निश्चित दैनिकमा रहेर स्वस्थ्य खानेकुरा खाँदा जति गर्व महसुस हुन्छ, त्यसको मुकाबिला अरूले गर्ने सक्दैन', शिल्पाले भनिन्।