स्वयम्भूमा प्रहरी जवान प्रेमिकाको कोठामा मृत फेलाः प्रेमिका नियन्त्रणमा, हत्या कि आत्महत्या

स्वयम्भूमा प्रहरी जवान प्रेमिकाको कोठामा मृत फेलाः प्रेमिका नियन्त्रणमा, हत्या कि आत्महत्या

काठमाडौं : स्वयम्भूमा एक प्रहरी जवानले आत्महत्या गरेका छन्।आइतबार राति महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान  शंकर ठगुन्नाले आत्महत्या गरेका हुन्।

आइतबार राति करिब साढे १ बजे प्रहरी पुगेर हेर्दा शंकर खाट लडिरहेको अवस्था फेला परेका थिए। ‘हामीलाई जानकारी आएर घटनास्थल पुग्दा डोरी काटेर बेडमा लडाइरहेको अवस्था थियो,‘ महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले भने।

प्रहरीले कोठामा सँगै बसेकी एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दार्चुला घर भएका जवान ठगुन्ना केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। प्रेमिकासित विवाद भएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा दिएको डिएसपी सुवेदीले जानकारी दिए।‘ बेलुकादेखि नै सामान्य विवाद भएको रहेछ। महिला पिसाब फेर्न गएको बेला आत्महत्या गरेको महिलाले बताएकी छिन्,‘ डिएसपी सुवेदीले भने।

झ्यालमा पर्दा टाँग्ने डोरीमा सलको पासो बनाइ आत्महत्या गरेको देखिएको छ। प्रहरी नियन्त्रणमा रहेकी महिला विवाहित हुन्। तर उनका पतिले केही समय अगाडि छोडेर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। आइतबार मात्र सुन्धारामा ३८ वर्षीया दिलकुमारी गुरुङले नागराज होटेलबाट हाम फालेकी थिइन्।