प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

आइतबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीले संसदमा समसामयीक विषयलाई लिएर सम्बोधन गर्ने तयारी छ ।त्यस्तै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि संसदलाई जानकारी गराउने छन् ।

प्रधानमन्त्री ओली गत सोमबार सिंगापुरमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका थिए ।प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधन गर्ने तय भएपनि प्रतिपक्षको अवरोधका कारण स्थगित भएको थियो ।

यसैबीच आइतबार बस्ने संसद बैठकमा विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छिन् ।