अछाम : अछाम प्रहरीले घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा नियन्त्रण अभियानलाई थप तिव्र पारेको छ । मदिरा सेवनका कारण समाजमा विभिन्न हिंसाका घटनाहरुमा वृद्धी हुनुका साथै विकृती जन्य घटनाहरु बढेको भन्दै प्रहरीले गस्ति टोलि मार्फत न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियान थालेको हो ।
अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय अछाम मातहत जिल्लाको प्रहरी चौकी सिउडीबाट गएको गस्ति टोलिले चौरपाटीका स्थानीयका घर तथा पसलबाट बरामद गरेको हो । उक्त मदिरा शनिबार नष्ट गरिएको छ ।
चौरपाटी गाउँपालिका वडा नम्वर २ का कृष्णबहादुर साउदको, वडा नम्वर १ का शेरबहादुर थापाको पसलमा लुकाई छिपाई राखेको अवस्थामा अवैध न्युन गुणस्तर खालको २४ लिटर मदिरा बरामद गरि स्थानीय जनप्रतिनिधि र समाजसेवीहरुकोे रोहवरमा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ ।