नेकपा सुदूरपश्चिम सहइन्चार्जमा भट्ट र जोशी थपिए

नेकपा सुदूरपश्चिम सहइन्चार्जमा भट्ट र जोशी थपिए

धनगढी : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सुदूरपश्चिम सहइन्चार्जमा थप दुई जना थपिएका छन्। पूर्व माओवादी केन्द्रबाट खगराज भट्ट र पूर्व नेकपा एमालेबाट भानुभक्त जैशीलाई सह इन्चार्जको जिम्मेवारी दिइएको हो। शुक्रबार बसेको पार्टी सचिवालय बैठकले दुवै जनालाई सहइन्चार्ज बनाएको हो।

भट्ट दुवै संविधान सभा र प्रतिनिधि सभामा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। यस अघि डडेल्डुरा जिल्ला इन्चार्जको पद अस्वीकार गरेका उनलाई सचिवालय बैठकले सहइन्चार्ज चयन गरेको हो।

पहिलो संविधान सभामा पूर्व एमालेका तर्फबाट बझाङमा निर्वाचित भएर वन तथा वातावरण मन्त्री समेत बनेका जोशी नेकपा प्रदेशका अर्का सहइन्चार्ज बनेका छन्। यस अघि नेकपा सुदूरपश्चिम सह इन्चार्जमा लक्ष्मण दत्त जोशी रहेका थिए। यो निर्णयसँगै प्रदेश सहइन्चार्ज ३ जना हुने भएका छन्।

पूर्व मन्त्री भट्ट सहरी विभाग प्रमुख

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री लेखराज भट्टले सहरी विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। शुक्रबार बसेको पार्टी सचिवालय बैठकले भट्टलाई सहरी विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उपप्रमुखमा जगन्नाथ खतिवडा रहेका छन्।