छुट्टाछुटै घटनामा एक बेपत्ता, एकको मृत्यु

छुट्टाछुटै घटनामा एक बेपत्ता, एकको मृत्यु

ओखलढुंगा : ओखलढुंगाको चिसंखुगढी गाउँपालिका १ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दूधकोसी नदीले बगाउदँदा १ जना बेपत्ता भएका छन्। नमस्ते अल इन्टरनेशनल आयुर्वेदिक कम्पनी काठमाडौंबाट आयुर्वेदिक औषधि बिक्री वितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका ७ का २० वर्षीय चन्द्रबहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा चन्द्रबहादुर खड्कालाई नदीले बगाई बेपत्ता भएका हुन्।

प्रहरी चौकी खानीभञ्याङको प्रहरी रस्थानीयको सहयोगमा बेपत्ता भएका खड्काको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। त्यसैगरी, खिजिदेम्बा ४ बस्ने ३६ वर्षीया बालकुमारी विकको भीरबाट लडेर मृत्यु भएको छ। बुधबार राति साँढे ७ बजेको समयमा घरबाट खिजिदेम्बा २ दिदिको घर जाँदै गर्दा भीरबाट लडेर बिकको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली गई शवलाई भीरबाट उद्धार गरी पोष्टमार्टमका लागि लगिएको जनाइएको छ।