अछाम : मंगलसैन नगरपालिका वडा नम्बर-७ मा जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
भालुको आक्रमणबाट नम्बर-७, का ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय बालक ओम प्रकाश दमाई र ७ वर्षीया बालिका उर्मिला दमाई घाइते भएका हुन् । शुक्रबार बिहान साढे सात बजे बारीमा मकै खाइरहेको भालुले आक्रमण गरेको हो ।
घाइतेहरुकाे जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेकाे छ । घाइतेमध्ये प्रेम ढुंगानाकाे अवस्था गम्भीर रहेकाे बताइएको छ । यसरी घर नजिकै आएर आक्रमण गरेपछि स्थानीयहरु त्रसित भएका छन् ।