भारतका तिनवटै सुरक्षा अंग हेर्ने नयाँ संरचना बन्दै

भारतका तिनवटै सुरक्षा अंग हेर्ने नयाँ संरचना बन्दै

भारतका तिनवटै सशस्त्र सुरक्षा निकायको प्रमुखको पहिलो जिम्मेवारी स्थल सेनाध्यक्ष विपिन रावतलाई दिईने बताईएको छ । जल,स्थल र हवाई तीनवटा सुरक्षा अंग रहेको भारतमा तिनवटैको संयोजन गर्ने गरी नयाँ पद सिर्जना गर्न लागिएको प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवस समारोहमा घोषणा गरेका थिए ।

यो नयाँ जिम्मेवारीमा जनरल विपिन रावतलाई नियुक्त गरिने निश्चित भएको अमर उजालाले आफ्नो समाचारमा उल्लेख गरेको छ । भारतको सुरक्षाको लागि कारगिल युध्दका बेला बनेको समितिको सिफारिसपछि यो समन्वयकारी पदको माग भैरहेको थियो । यसका लागि एक उच्चस्तरीय समितिले काम कर्तव्य र जिम्मेवारी निश्चित गरेपछि नियुक्त गरिनेछ ।

चिफ अफ डिफेन्स पद बनेपछि युध्दको समयमा तिनवटै सेनावीच यसले समन्वय गर्ने छ । युध्दको समयमा सिंगल पोइन्ट आदेश जारी गर्न यस निकायको गठनपछि सजिलो हुने बताईएको छ ।