नेकपा को सचिवालय बैठक बालुवाटारमा शुरु

नेकपा को सचिवालय बैठक बालुवाटारमा शुरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान ११ बजेबाटै शुरु भएको हो। बिहीवार ३ बजे बोलाइएको बैठक 'प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थगित गरिएको थियो।

बैठक स्थगित भएपछि ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक भोलि (शुक्रवार) ३ बजे बस्ने जानकारी दिएका थिए।

साउन १३ गते बसेको सचिवालय बैठकले गृहकार्यका लागि भन्दै १५ दिन बैठक स्थगित गरेको थियो। २८ गते बोलाइएको बैठक २९ गतेका लागि सारियो। २९ गतेको बैठक पनि आज ३० गतेका लागि सारिएको थियो।