सेती अस्पताल विकास समितिको अध्यक्षमा जोशी

सेती अस्पताल विकास समितिको अध्यक्षमा जोशी

धनगढी : धनगढीस्थित सेती अस्पताल विकास समितिको अध्यक्षमा नेकपा कैलालीका नेता दुर्गाप्रसाद जोशी नियुक्त भएका छन्। जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गरेको हो।

अध्यक्षमा नियुक्त भएका जोशीले अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ विस्तृत अध्ययन गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए। 'म अस्पतालका राम्रा विषय र समस्याबारे बुझेर समाधान खोज्ने गरी काम गर्छु,' उनले भने।

जोशी गत स्थानीय चुनावमा तत्कालिन नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी थिए। उनले स्कुल र होटल मेनेजमेन्टसम्बन्धी क्याम्पस पनि सञ्चालन गरेका छन्।