आज रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइदै,सुदूरपश्चिम र प्रदेश २ मा सार्वजनिक बिदा

आज रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइदै,सुदूरपश्चिम र प्रदेश २ मा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश २ सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएका छन् । 

प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै  रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार प्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ ।