नेपालले मलेसियन लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले मलेसियन लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ता'जिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरसँग आगामी भदौ ९ गते प्रतिस्पर्धा गर्न लागेको हो।

खेल मलेसियाको जोहार शहरको पसार गुन्डाङ रंगशालामा हुनेछ। 'मैत्रीपूर्ण खेल तय हुनु राम्रो हो,' नेपालका प्रशिक्षक योहान कालिन भन्छन्, 'विश्वकप तयारीमा मैत्रीपूर्ण खेलको महत्वपूर्ण भूमिका हुन्छ।'

प्रशिक्षक योहानले कुवेतविरुद्धको खेलअघि मैत्रीपूर्ण खेल्दा नेपाललाई फाइदा पुग्ने बताए। पछिल्लो समय राम्रो खेलिरहेको बताउँदै नेपाली खेलाडीले कडा मिहिनेत गरेको उनको भनाइ छ। नेपाल छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ।

नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।

नेपालको प्रारम्भिक टिम
विराज महर्जन, किरण चेमजोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, रन्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनील बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्मीमगर र रोहित चन्द

छनोटमा नेपालको खेल तालिका

कुवेतविरुद्ध
भदौ १९ गते - अवे म्याच
मसिंर ३ गते – भेन्यू तय हुन बाँकी

चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – अवे म्याच
चैत १३ गते - होम म्याच

अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच

जोर्डनविरुद्ध
असोज २८ गते - अवे म्याच
जेठ २२ गते(२०७७) – होम म्याच