धनगढीको चौलानी डिपार्टमेन्टल स्टोर द्धारा सुईमिङ पुल संचालन

धनगढीको चौलानी डिपार्टमेन्टल स्टोर द्धारा सुईमिङ पुल संचालन

धनगढी : धनगढीको कैलाली पुलमा सञ्चालित चौलानी डिपार्टमेन्टल स्टोरले फुडकोर्ट, सुइमिङ पुल र कफी स्टेसन सञ्चालनमा ल्याएको छ ।

३५ कोठा सहितको बुटिक होटल, न्याकुजी तथा सौना सहितको फिटनेस सेन्टर समेत सञ्चालनमा ल्याउने योजना संगै आज फुडकोर्ट, सुइमिङ पुल र कफी स्टेसनको सेवा आरम्भ गरेको हो ।

ग्राहकको मागलाई मध्यनजर गर्दै फुडकोर्ट, सुइमिङ पुल र कफी स्टेसन सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले जनाएको छ ।

१ करोड ५० लाखको लागतमा १ सय ५० जना क्षमताको सुइमिङ पुल सञ्चालनमा ल्याएको स्टोरका प्रबन्ध निर्देशक मान सिहं साउँदले बताए । सुइमिङ पुलमा बालबालिकाको टिकट १ सय ५० र अन्यका लागी २ सय ५० राखिएको छ।