ट्विटरमा गुनासो पोखेपछि अमेरिकी दूतावासले दियो सन्दिपलाई भिषा

ट्विटरमा गुनासो पोखेपछि अमेरिकी दूतावासले दियो सन्दिपलाई भिषा

नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिषा पाएको छन् । भिषा नपाएको भन्दै सामाजिक सञ्जालमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षणा गराएपछि पुन: दूतावासमा बोलाएर  भिषा दिएको हो। 

भिषा प्राप्त गरेपछि लामिछानेले कुरा मिलेको भन्दै ट्विट गरेका छन् । नेपालस्थित अमेरिकी राजदूतावास, प्रधानमन्त्री कार्याल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलगायतलाई धन्यावाद दिएका छन्।

क्यारेबियन प्रिमियर लिगको तयारीका लागि अमेरिका जान सबै प्रक्रिया पूरा गर्दा पनि भिसा नपाएपछि  उनले ट्विटरमा गुनासो पोखेका थिए।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नयाँ सिजनका लागि सन्दीपलाई बारबाडोस ट्रीडेन्टसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। गएको वर्ष सिपिएलको पाँचौ संस्करणमा सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स टिमबाट खेलेका थिए।