सुनमा फेरि बन्यो अर्को रेकर्ड, तोलाको ७१ हजार

सुनमा फेरि बन्यो अर्को रेकर्ड, तोलाको ७१ हजार

सुनको भाउमा रेकर्ड माथि रेकर्ड थपिएको छ । यसै क्रममा मंगलबार पनि भाउ अझै बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो । 

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

यता, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । बिक्रेताको भने भीड लागेको छ । उपभोक्ताहरुले बजारमा सुन बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सुनका बिक्रेताहरुले पनि सजिलै लिन मानेका छैनन् ।

सुनचाँदीका गहना बेच्नेको भीड लागेपछि कतिपय सुनचाँदी पसल हुन थालेको सेवाग्राहीको गुनासो छ ।  नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व बजारमा सुन प्रतिआउन्स ०.६४% १ हजार ५२६.८५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१.०७ डलरसम्म पुगेको थियो ।